दामोदर न्यौपानेको घरको शिक्षा आज सार्वजनिक हुँदै


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, माघ १४, २०७९

  • काठमाडौँ । लेखक तथा पत्रकार दामोदर न्यौपानेको नवौं कृति ‘घरको शिक्षा : संस्कारयुक्त मनोवैज्ञानिक सिकाइ’ आज शनिबार सार्वजनिक हुँदैछ । लालनपालन, शिक्षा र सिकाइमा केन्द्रित यो पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो । शिक्षक, विद्यार्थी र अभिभावकहरुप्रति लक्षित यो पुस्तक खासगरी सबैका लागि पठनिय छ ।

    ‘वालवालिकाहरुलाई कसरी लालनपालन गर्ने भन्नेबारे अभिभावकले शिक्षा पाएका छैनन् ।’ न्यौपानेले भने, ‘अभिभावकका आफ्नै समस्या छन् । सरल भााषामा लेखिएको पुस्तक बजारम पाउन गार्‍हो छ ।’ पुस्तक उत्तरवाल्यअवस्थाका वालवालिकाको मनोविज्ञानमा केन्द्रित रहेको न्यौपानेले बताए । यसअघि न्यौपानेले प्रारम्भिक बाल्य अवस्थामा लालनपालनका सुत्रहरु समेटेको पुस्तक स्कुल बेच्ने बालक बजारमा ल्याएका थिए । ‘घरको शिक्षा : संस्कारयुक्त मनोवैज्ञानिक सिकाइ’ अघिल्लो पुस्तक ‘स्कुल बेच्ने बालक’ को दोस्रो श्रृंखला हो । यो पुस्तक उत्तरबाल्यअवस्थामा केन्द्रित छ ।

    पुस्तकमा बालव्यवहारको सुक्ष्म अध्ययन गरेर केही निचोड निकालेको न्यौपानेले बताए । वालवालिकाको व्यवहार बुझ्न एक हप्ता अवलोकन गरिएको उनले जानकारी दिए । वालवालिकाले थाहै नपाउने गरि प्राकृतिक रुपमा गरिएको अध्ययनको निचोड हो यो पुस्तक । बालमैत्री व्यवहार कसरी गर्ने भनेर अध्ययन, अनुसन्धान यो पुस्तक तयार गरेको हो । यो पुस्तकले नेपाली समाजमा बेग्लै बहस चलाउने लेखकको अपेक्षा छ । पुस्तकमा संस्कारयुक्त व्यवहार, लालनपालनका मनोवैज्ञानिक विधि र सिकाइ शैलीका सुत्र भेटिने न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार पुस्तक शिक्षक, विद्यार्थी, अभिभावक, नीति निर्मातालाई उपयोगी छ ।

    लेखक तथा न्यौपानेका यसअघि ‘एम्बुसमा ६ वर्ष’, ‘कर्म : सिकाइमा गहिरिएको खाडल’, ‘स्वर्णिम समय’, ‘ट्यालेन्ट शो’, ‘स्कुल बेच्ने बालक’, ‘हाडको डोको’, ‘सम्पदा लडाइँ’, ‘दास प्रथाको नया रुप’ जस्ता पुस्तक प्रकाशित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार