विद्यार्थी नेता रक्षा बम अनेरास्ववियुको केन्द्रीय सचिव लड्दै


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन १, २०७९

  • काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुँदैछ । उक्त महाधिवेशनमा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेश सचिव रक्षा बमले केन्द्रीय सचिवका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छिन् । धनगढीमा रहेर अनेरास्ववियुमा सक्रिय विद्यार्थी नेता बम स्कुल पढ्ने बेला देखी नै राजनीतिमा सक्रिय छिन् ।

    विद्यार्थी नेता बलमे संगठनमा बेग्लै पहिचान बनाईसकेकी छिन् । उनी २०६५ सालमा सुदूरपश्चिमको विकट पहाडी जिल्ला दार्चुलाको छान्ना तिंकरी कन्या माविमा सात कक्षामा पढ्दै गर्दा अनेरास्ववियुमा आवद्ध भएकी थिइन् ।

    कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत छँदा अनेरास्ववियुमा सक्रिय भएर काम गरेकी बम सक्रिय विद्यार्थी नेता हुन् । उनले कैलाली बहुमुखी क्याम्पसमा कमिटी सदस्य हुँदै कोषाध्यक्ष, सहसचिव र लामो समय कार्यवाहक अध्यक्ष भएर काम गरेकी थिइन् ।

    सुदूरपश्चिमका विद्यार्थीको हकहित र महिलामाथिको विभेद अन्त्यका लागि लड्न आफू राजनीतिमा लागेको बम बताउँछिन् । देशभरका विद्यार्थीहरूसँग सांगठनिक रूपमा जोडिएर सक्रिय भएको हुँदा सचिवको प्रतिस्पर्धामा जित्नेमा उनी आशावादी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार