उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन २, २०७९

  • काठमाडौँ,  २ फागुन । राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

    सिंहदरवारस्थित मन्त्रालयमा सोमबार दिउँसो उप्रधानमन्त्री लिङ्देन र विदेश सचिव क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार भेटमा ऊर्जा क्षेत्रको विकासलगायत द्विपक्षीय हित र चासोका छलफल भएको छ ।

    यसअघि मंगलबार बिहान विदेश सचिव क्वात्राले एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग कोटेश्वरमा शिष्टाचार भेटवार्ता गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार