भोलीदेखी राजधानीमा नेल्टाको तीन दिने २७ औँ अन्तर्राष्ट्रिय सम्मेलन सूरू हुने


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन ४, २०७९

  • काठमाडौँ । भोलीदेखी अंग्रेजी भाषाका शिक्षकहरूको पेशागत संगठन नेल्टाको २७ औँ अन्तर्राष्ट्रिय सम्मेलन सूरू हुँदैछ । ललितपुरको डिएभी शुसिल केडिया स्कूलमा सञ्चालन हुँने यो सम्मेलन तीनसम्म चल्नेछ ।

    कोभिड महामारीका कारण बिगत तीन वर्षपछि भौतिक रूपमा आयोजना हुन गईरहेको यस सम्मेलनमा नेपालका ५८ जिल्लाका एक हजार ५ सय भन्दा बढी अंग्रेजी शिक्षक शिक्षिकाहरुको सहभागिता हुनेछ । नेपालबाहेक अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, इन्डोनेशिया, थाइल्याण्ड, पाकिस्तान, दक्षिण कोरिया, बंगलादेश, साउदी अरब, संयुक्त अरब इमिरेट्स, भारत लगायत २२ देशबाट १ सय ८७ जनाको सहभागिता रहनेछ । बिभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरू र बिभिन्न संस्थामा कार्यरत शिक्षक, भाषाविद् तथा अभियन्ताहरूले बिभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । ललितपुर महानगरपालिकाका चर्चित मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्ने कार्यक्रममा नेपालका लागि अस्ट्रेलियन राजदूत, अमेरिकन राजदूताबासका उच्च अधिकारी, शिक्षा सचिव तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिीति रहनेछ ।

    यस सम्मेलनमा अक्सफोर्ड, क्याम्ब्रिज, राउट्लेज, ब्रिटिश काउन्सिल, रेलो (अमेरिकन दूताबास) आदिको पुस्तक तथा प्रकाशनहरूको प्रदर्शनि पनि हुनेछ । अंग्रेजी शिक्षालाई समयानुकुल परिमार्जन गर्नका लागि यो वर्षको सम्मेलनको मुख्य थिम ‘रिइमेजिङ ल्याङ्वेज पेडागोजी : वेलबिइङ एण्ड इनोभेसन प्रस्पेक्टिभ’ अन्तरगत अन्य विषयहरुमा छलफल र बहस हुनेछ । यो सँगै बिभिन्न वर्कसप, इझेन्ट्स, अर्न्तक्रिया कार्यत्रम पनि सञ्चालन हुनेछन् ।
    यस सम्मेलनले नेपालका शिक्षकहरुलाई नयाँ कुरा, प्रविधि सिक्न प्रेरित गर्ने नेल्टाकि केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवानले बताईन् । ‘अंग्रेजी शिक्षकहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राम्रा अभ्यासहरुका बारेमा सिक्ने मौका प्रदान गर्छ ।’ देवानले बताईन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार