प्रधानमन्त्रीसँग फ्रान्सेली राजदूतको भेटवार्ता


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन ५, २०७९

  • काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    द्विपक्षीय सहयोगलाई थप मजबुत बनाउने विषयमा त्यस अवसरमा महत्वपूर्ण छलफल भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार