नेल्टाको तीन दिने २७ औँ अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन ७, २०७९

  • काठमाडौँ । अंग्रेजी भाषाका शिक्षकहरूको पेशागत संगठन (नेल्टा) को तीन दिने २७ औँ अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा सञ्चालित सम्पन्न भएको छ । ललितपुरको जावलाखेलस्थित डिएभी शुसिल केडिया विश्व भारती स्कूलमा सञ्चालन भएको यस सम्मेलनमा नेपालका ५८ जिल्ला र विश्वका २२ वटा देशबाट शिक्षक, शिक्षिका, प्रोफेसर र कुटनीतिज्ञहरुको सहभागिता रहेको थियो ।
    कोभिड १९ को महामारीका कारण बिगत तीन वर्षपछि भौतिक रूपमा आयोजित भएको यस सम्मेलनलाई ललितपुरका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका थिए । नेपालबाहेक अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, इन्डोनेशिया, थाइल्याण्ड, पाकिस्तान, दक्षिण कोरिया, बंगलादेश, साउदी अरब, संयुक्त अरब इमिरेट्स, भारत, क्यानडा, किर्गिस्तान, उज्वेकिस्तान लगायत २२ देशबाट ८ सय भन्दा बढीको सहभागिता रहेको थियो । यो वर्षको सम्मेलनको मुख्य थिम ‘रिइमेजिङ ल्याङ्वेज पेडागोजी : वेलबिइङ एण्ड इनोभेसन प्रस्पेक्टिभ’ रहेको थियो । नेपाल लगायत बिभिन्न देशका प्रोफेसर, शिक्षक, शिक्षिक र शिक्षासँग सम्बन्धित व्यक्तिहरुले शिक्षण पद्धति, सिकाइका अभ्यास, खोज, अनुसन्धानबारे प्रस्तुती दिएका थिए । यस सँगै बिभिन्न वर्कसप, इभेन्ट्स, अर्न्तक्रिया तथा छलफल कार्यक्रम सञ्चालन भएको थियो ।

    यस सम्मेलनमा १ सय ७० वटा अंग्रेजी विषयमा गरिएका अध्ययन, अनुसन्धान तथा खोजलाई समाबेश गरिएको थियो । यस्तै विश्वका उत्कृष्ट विश्वविद्यालयका प्राध्यापक, डाक्टर एवं विषय विज्ञले तीन वटा सामूहिक छलफल सत्र चलाएका थिए । नेपाल तथा विदेशी विश्वविद्यालयका प्राध्यापकहरुले ६ वटा प्लेनरी छलफल गरिएको थियो । ‘अंग्रेजी साहित्यलाई प्रस्फुटन, प्रस्तुती दिदै साहित्यिक उत्प्रेरणा प्रदान गरिएको थियो । शिक्षण विधि, पद्धती, अध्ययन, अनुसन्धान र खोजका विषयमा प्रस्तुति दिईयो ।’ नेल्टाका पूर्व अध्यक्ष डाक्टर चन्डिका भट्टले बताए । यस्तै काठमाडौं विश्वविद्यालयका प्रोफेसर डाक्टर लक्ष्मण ज्ञवालीले बिभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरू र बिभिन्न संस्थामा कार्यरत शिक्षक, भाषाविद् तथा अभियन्ताहरूले बिभिन्न विषयमा प्रस्तुत गरेका कार्यपत्र प्रभावकारी भएको बताए । नेल्टा महोत्तरीका अध्यक्ष ज्ञानेन्द्र यादवले यस सम्मेलनबाट शिक्षक, अनुसन्धानकर्ता र प्रशिक्षकहरुलाई फलदायि भएको बताए । यस वर्षदेखी उत्कृष्ट नेल्टाका ब्रान्चहरुलाई बेस्ट ब्रान्च अवार्ड प्रदान गर्न सुरु गरिएको छ । यस वर्ष झापा पहिलो, मकवानपुर दोस्रो र ललितपुरलाई तेस्रो उत्कृष्ट ब्रान्च घोषणा गरिएको छ । झापा नेल्टाले २ लाख, मकवानपुर नेलटले ढेड लाख र ललितपुर नेल्टाले १ लाख रुपैंयाँ प्राप्त गरेका छन् । उत्कृष्ट पप्रोजल बापत नेल्टाका ब्रान्चहरुले यो रकम प्राप्त गरेका हुन्

    यस तीन दिने सम्मेलनमा अक्सफोर्ड, क्याम्ब्रिज, राउट्लेज विश्वविद्यालय, ब्रिटिश काउन्सिल र रेलो (अमेरिकन दूताबास) आदिको पुस्तक तथा प्रकाशनहरूको प्रदर्शनि पनि भएको थियो । अंग्रेजी शिक्षालाई समयानुकुल परिमार्जन गर्नका लागि यस सम्मेलनले नेपालका शिक्षकहरुलाई नयाँ कुरा, प्रविधि सिक्न प्रेरित गरेको नेल्टाकि केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवानले बताईन् । ‘सम्मेलन अत्यन्त सफल भयो । अंग्रेजी शिक्षकहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका राम्रा अभ्यास बारेमा नयाँ कुरा सिक्ने मौका प्रदान गरेको छ ।’ देवानले बताईन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेको कार्यक्रममा नेपालका लागि अस्ट्रेलियन राजदूत, अमेरिकन राजदूताबासका उच्च अधिकारी, शिक्षा सचिव तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिीति रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार