के हो गुगल क्लाउड प्लाटफर्म ?


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन १४, २०७५

  • काठमाडौं , फागुन १४। काठमाडौँ – गूगलले प्रदान गरेको गूगल क्लाउड एक क्लाउड कम्प्युटिङ सर्भिसहरुको प्लेटफर्म हो, जुन गूगलले आफ्नो गूगल सर्च, यूट्युबजस्ता प्रडक्टहरुका लागि पनि प्रयोग गर्छ । यसले व्यवस्थापन उपकरणहरुको साथै डेटा स्टोरेज, कम्प्युटिङ, डेटा एनलाइटिक्स र मेसिन लनिङको सेवाहरु पनि प्रदान गर्छ ।

    त्यसैगरी गूगल क्लाउड प्लेटफर्मले इन्फ्रास्ट्रक्चर एज अ सर्भिस, प्लेटफर्म एज अ सर्भिस र सर्भरलेस कम्प्युटिङ इन्भाइरोन्मेन्ट प्रदान गर्छ । गूगल क्लाउड प्लेटफर्म भने गूगल क्लाउडको एउटा भाग हो, जसमा गूगल क्लाउड पब्लिक क्लाउड इन्फ्रास्ट्रक्चर, जी स्युट, एन्ड्रोइड र क्रोम ओएसको इन्टरप्राइज संस्करण र मेसिन लनिङका लागि एप्लिकेशन प्रोग्रामिङ इन्टरप्राइज प्रदान गरिएको छ ।

    गूगल क्लाउडमा आफ्नो कोडहरु राखिसकेपछि गूगल आफैले तपाईंका लागि आवश्यक कामहरु गरिदिन्छ, ता कि तपाईं आफ्नो कोडमा फोकस गर्न सक्नुहुन्छ र पहिलेको भन्दा बढी छिटो एप्लिकेशनहरु निर्माण गर्न सक्नुहुन्छ । गूगल क्लाउडको प्रयोगमा तपाईंले काम चलिरहेको बेलाको मात्र शुल्क तिनुपर्छ । क्लाउड फङ्शनले तपाईंलाई आफ्नो कोड गूगल क्लाउड प्लेटफर्म, फायरबेस, गूगल असिस्टेन्टबाट ट्रिगर गर्न अनुमति दिन्छ । यसले जाभा स्क्रिप्ट र पाइथागोरसका लेखिएको कोडलाई सपोर्ट गर्छ ।

    गूगल क्लाउड सर्भिस प्रोभाइडर एक भरपर्दो क्लाउड स्टोरेज प्रदायकको रुपमा स्थापित हुँदै छ । राम्रो दस्तावेज बनाउन सफल यस क्लाउड कम्पनी आवश्यकता अनुसार स्टोरेजको विभिन्न भण्डारण गरेको छ, जसको मद्दतले गर्दा ग्राहकलाई सजिलो भएको छ । धेरै महँगो नरहेको गूगल क्लाउड स्टोरेजले ९९.९ प्रतिशत वस्तुहरुको टिकाउपन प्रदान गर्छ ।

    यो कम्प्युट इन्जिन, एप इन्जिन जस्ता अन्य गूगल क्लाउडका सेवाहरुसँग एकीकृत गर्न पनि सकिन्छ । राम्रो क्लाउड स्टोरेज भएता पनि यसमा केही कमीकमजोरीहरु छन् । जस्तै– यसको सामान्य सेवाहरुको शुल्क मासिक १५० अमेरिकी डलर पर्न जान्छ, जुन अरुको दाँजोमा महँगो हो । क्लाउड स्टोरेजबाट डाटा डाउनलोड गर्न पनि धेरै शुल्क पर्दछ । तैपनि गूगलको इनोभेटिभ क्लाउड–नेटिभ कम्पनीहरुसँग राम्रो ट्र्याक रेकर्ड रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार