म सबैको साझा उम्मेदवार हो, मेरो जित निश्चित छ : उपेन्द्र बिष्ट


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन ९, २०७९

  • काठमाडौं, ९ फागुन । नेपाल शिक्षक सङ्घ तनहुँको फागुन २०–२४ गतेसम्म हुने नवौं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । संघको अध्यक्षमा श्री होमराज लोहनी सारदा शिक्षा सदन माध्यमिक विद्यालयमा हाल कार्यरत शिक्षक उपेन्द्र बहादुर बिष्टले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आम शिक्षकहरूको एकताका लागि आफूले उम्मेदवारी दिन लागेको बिष्टको भनाई छ ।

    कुनै समूह र गुट उपगुटमा भन्दा पनि सम्पुर्ण शिक्षकहरुको साझा उम्मेदवार भन्न रुचाउने विष्ट २०४८ सालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रुपमा लाग्नुभएको थियो । भानु नगरपालिका भकुन्थोकका स्थानीय बिष्ट सो क्षेत्रमा नेपाल तरुण दलको १५ वर्षसम्म नेतृत्व सम्हालिसक्नु भएको छ । शिक्षक संघमा पुराना विशिष्ट सदस्य समेत रहेका विष्ट भानु नगरपालिकाका शिक्षकसंघको निवर्तमान अध्यक्षसमेत हुन् ।

    तनहुँ क्षेत्र नं १ को पूर्व शिक्षक संघको अध्यक्ष विष्टले विभिन्न पदमा रहि लामो समयदेखि निरन्तर सक्रिय रहेको भन्दै अबको जिल्ला नेतृत्व आफूले पाउनुपर्ने दावी गर्नुहुन्छ । संघको फागनु २० गते मनोनयन दर्ता र २४ गते मतदान कार्यक्रम रहेको छ । उहाँसँग शिक्षक संघको चुनाव केन्द्रीत भएर गरिएको छोटो कुराकानीको सम्पादित अंश :

    यहाँको उम्मेदवारी किन ?
    सम्पुर्ण शिक्षकहरुको पेशागत मर्यादालाई उच्च स्थानमा राख्न, शुभेच्छुक पार्टी नेपाली कांग्रेस शिक्षक संघको पेशागत संगठनलाई चुस्त दुरुस्त बनाउन, विगतमा हुने गरेको गुटगत, अस्वस्थ्य प्रतिस्पर्धालाई सुधार गर्दै शिक्षकहरु स्वयंबाट शिक्षक नेताको चयन गर्नका लागि मेरो उम्मेदवारी हो ।

    प्रायः चुनावमा उम्मेदवार गुट–उपगुटबाटै जन्मन्छन्, तपाईं कुन गुटबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ ?
    म सबै पार्टीका नेताहरुको साथै शिक्षक नेताहरुको उच्च सम्मान गर्दै सबैसँग समन्वयकारी भुमिकामा रहेकोले हाल मेरो उम्मेदवारी कुनै पनि गुटबाट होइन । म समस्त शिक्षकहरुको साझा उम्मेदवार हुन चाहान्छु ।

    तपाईंले चुनाव जित्ने आधार के हुन् ?
    मैले विगत २५ वर्षदेखि शिक्षक संघमा रहि विभिन्न पदहरुमा रही गरेको सहमतिपुर्ण कार्य, गण्डकी प्रदेशबाट भानु नगरपालिकालाई गरिएको सम्मान, सम्पुर्ण शुभेच्छुक पार्टी नेपाली कांग्रेसका हरेक तत्व र तप्काका नेतागणसँग रहेको सकरात्मक सम्बन्ध,हरेक प्रकारका निर्वाचनमा गरेको सहयोग र योगदान, सम्पुर्ण पालिकाहरुका शिक्षकहरुको सुख दुखमा सहभागी हुने,सबै पालिकासँग सु–सम्बन्ध भएको कारणबाट मलाई अत्यधिक मत प्राप्त भई निर्वाचित हुने सुनिश्चिता छ मेरो ।

    शिक्षकहरुका समस्या धेरै छन्, उहाँहरुको हितका लागि कस्ता छन् यहाँका प्रतिवद्धता-योजना ?
    तमाम शिक्षकहरुको समस्याहलाई समाधान गराउने, शिक्षकहरुको कक्षाकोठा उत्कृष्ट बनाउन, असल चरित्रको विकास गराउन, काम, कर्तव्यको पुर्णपालना गरिरहँदा प्राप्त हुने अधिकारको सुनिश्चिताको लागि मेरो प्रतिवद्धता । शिक्षक तथा कर्मचारी कल्याणकारी कोषलाई राष्ट्रिय रुपमा लागु गराउने, विद्यालय सहयोगी,स.का, विद्यालय सहायक, प्राथमिक, निम्न माध्यमिक माध्यमिक तथा साविक उच्च माध्यमिक राहत शिक्षकहरुलाई उमेरको हदबन्दी नलगाई स्थायी प्रतिस्पर्धामा सहभागी गराउने तथा असफल हुनेलाई उचित रकमको व्यवस्था गर्ने, शिक्षकको १०–१० वर्षमा आवधिक बढुवाको व्यवस्था मिलाउने, शिक्षकको सम्पुर्ण अस्थायी सेवाको गणना गरी निवृत्तिभरणको व्यवस्था मिलाउने, शिक्षण पेशालाई उच्च र मर्यादित बनाउनको लागि आवश्यक हरेक प्रक्रियाहरु अगााडी बढाउने मेरो योजना हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार