ठाकुरबाबालाई खो–खोको उपाधि


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन १०, २०७९

  • भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष खो–खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले जितेको छ । स्थानीय सहिद स्मृति खेल मैदानमा मङ्गलबार सम्पन्न प्रतियोगितामा ठाकुरबाबाले उपाधिसहित रु एक लाख ५० हजार पुरस्कार हात पारेको छ ।

    उक्त प्रतियोगितामा कीर्तिपुर नगरपालिका दोस्रो हुँदै रु एक लाख तथा कैलालीको धनगढी उपमहानगरपालिकाले रु ५० हजारसहित तेस्रो स्थान हासिल ग¥यो । सङ्घीय सांसद एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रतियोगितामा विजयी टोलीका खेलाडीलाई पुरस्कार र ट्रफी प्रदान गर्नुभयो । विभिन्न जिल्लाका १३ नगरपालिका सहभागी नगरपालिकालाई नगरप्रमुख एवं कार्यक्रमका सभापति सुनिल प्रजापतिले रु पाँच हजार पुरस्कारसहित मायाको चिनो प्रदान गर्नुभयो ।

    सांसद सुवालले संविधानमा खेलकुदलाई मौलिक हकका रुपमा समावेश गर्नुपर्ने बताउनुभयो । सो अवसरमा नगरप्रमुख प्रजापतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय खो–खो खेलाडी उत्पादन गर्न सहयोग पुग्ने गरी प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । बागमती प्रदेशसभा सदस्य सिर्जना सैँजु, नगरपालिकाका उपप्रमुख रजनी जोशी, कीर्तिपुर नगरपालिकाका उपप्रमुख सुनिता शाक्यलगायतले खो–खो खेलको महत्वबारे चर्चा गर्नुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार