यूरोपमा स्टोर संख्या तेब्बरमा पुर्‍याउँदै साओमी


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन १४, २०७५

  • काठमाडौं , फागुन १४। काठमाडौँ –चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले यूरोपमा स्टोर संख्या बढाउँदैछ । यस वर्षको अन्त्यसम्ममा पश्चिम यूरोपमा स्टोर संख्या हालकोभन्दा तेब्बर पुर्‍याउने योजना रहेको कम्पनीका वरिष्ठ उपाध्यक्ष वाङ सियाङले बार्सिलोनमा आयोजित मोबाइल वर्ल्ड कंग्रेसमा भनेका हुन् । ‘यो हाम्रो लागि निकै ठूलो लक्ष्य हो,’ उनले भनेका छन् ।

    कम्पनीले सन् २०१७ मा स्पेनमा यूरोपकै पहिलो स्टोर खोलेको थियो । सन् २०१८ को अन्त्यमा यूरोपमा कम्पनीको ५० भन्दा कम स्टोर थिए । तर यो वर्षको अन्त्यसम्ममा यो संख्यालाई बढाएर १५० भन्दा माथि पुर्‍याइँदैछ । हालैका वर्षम साओमी, ओप्पो, वनप्लस र हुवावेई लगायत चिनियाँ कम्पनीहरुले यूरोपेली बजारमा आक्रामक रुपमा व्यवसाय विस्तार गरिरहेका छन् । यसै महीनाको शुरुमा अर्को चिनियाँ कम्पनी ओप्पोले पनि तीन नयाँ यूरोपेली बजारमा आफ्नो व्यवसाय शुरु गरेको छ ।

    एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार