भोलीदेखी प्रथम गोकर्णेश्वर नगरपालिका खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता आयोजना हुने


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन २६, २०७९

  • काठमाडौँ । भोलीदेखी गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिको आयोजनामा प्रथम गोकर्णेश्वर नगरपालिका खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता (मेयर कप २०७९) सञ्चालन हुँदैछ । गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन तथा ईष्टपोल मा.वि.को व्यवस्थापकीय भूमिकामा सञ्चालन हुने यो प्रतियोगिता आईतबारसम्म सञ्चालन हुनेछ ।

    आयोजक गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिका अनुसार खेलाडीहरुको वृत्ति विकास तथा मनोभावना उच्च बनाउन र भविष्यमा गोकर्णेश्वर नगरपालिकामा तेक्वान्दो खेलको राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको छ । यस प्रतियोगितामा जम्मा १८ वटा तौल समूहबिच प्रतिष्पर्धा गराईनेछ । जसमा पुरुष तौल समूह जुनियर र सिनियर गरी १० वटा तौल समूह रहनेछ । यस्तै महिला तौल समूह जुनियर र सिनियर गरी ८ वटा तौल समूह रहनेछ ।

    यस प्रतियोगितामा बिभिन्न १० वटा स्कुल र ८ वटा डोजाङ गरी जम्मा ३ सय १० जना खेलाडी (पुरुष १ सय ८० र महिला १ सय ३०) जना सहभागि हुनेछन् । प्रतियोगितामा विजेता हुने पहिलो, दोस्रो र तेस्रो टिमलाई नगद पुरस्कार, मेडल, ट्रफी तथा प्रमाणपत्रको ब्यबस्था गरिएको छ । यस्तै महिला तथा पुरुषतर्फबाट उत्कृष्ट खेल्ने बेस्ट फाइटर अवार्डबाट सम्मान गरिने छ । प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई प्रमाणपत्रको ब्यबस्था गरिने आयोजकले जनाएको छ ।

    भोली १० बजे प्रतिनिनिभि सभाका सदस्य सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा प्रथम गोकर्णेश्वर नगरपालिका खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिताको उद्घाटन हुनेछ । समापन समारोहमा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालको प्रमुख आतिथ्यतामा हुने जानकारी दिईएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार