खानेपानीमन्त्री न्यूयोर्क जानुहुने


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन ३०, २०७९

  • खानेपानीमन्त्री अब्दुल खांन अमेरिकाको न्यूयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलनमा (वल्र्ड वाटर कन्फ्रेन्स ) मा सहभागी हुन त्यसतर्फ जानुहुने भएको छ ।

    मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले न्यूयोर्कमा आगामी चैत ८ देखि १० गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन स्वीकृति दिएको खानेपानीमन्त्री खांनले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्को आजको बैठकले अमेरिकामा आयोजना हुने वल्र्ड वाटर कन्फ्रेन्समा सहभागी हुन खानेपानीमन्त्रीलाई स्वीकृति दिएको छ ।”

    मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालय र वन मन्त्रालयल सम्बन्धी पनि विभिन्न निर्णय गरेको मन्त्री खांनले बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार