पर्यटनमन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन १५, २०७५

  • काठमाडौं , फागुन १५ ।  काठमाडौँ – ताप्लेजुङबाट काठमाडौं फर्किंदै गरेको एयर डाइनेस्टीको हेलिकोप्टर बुधबार दिउँसो ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० को तारेढुंगाको भीरमा ठोक्किएर दुर्घटनामा परेको छ । हेलिकोप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै एक चर्चित पर्यटन व्यवसायी समेत सवार थिए ।

    मन्त्री अधिकारी तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण गरेर फर्किंदै थिए । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले सुरक्षाकर्मीहरु घटनास्थलमा गइरहेको र त्यहाँबाट रिपोर्ट आएपछि मात्रै घटनाको बारेमा विस्तृत थाहा हुने बताए ।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १० को फुरुम्बुको सिस्नेखोलाको तारे ढुंगा भिरमा ठोक्किएर हेलिकोप्टर आगलागिमा परेको हो । स्थानीय जंगलमा घाँस काट्न गएका एक व्यक्तिले हेलिकोप्टर दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

    जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली दुर्घटनास्थल तर्फ प्रस्थान गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार