फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

राष्ट्रपति र अवैतनिक महावाणिज्य र वाणिज्यदूतबीच भेट


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, चैत्र १५, २०७९

  • राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभएको छ ।

    आज बिहान राष्ट्रपति पौडेलसँग भेटका लागि शीतल निवास आउनुभएका विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतलाई उहाँले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    वाणिज्यदूतका तर्फबाट दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवद्र्धनमा समेत आफूहरुले प्रभावकारी ढङ्गले काम गर्दै आएको बताउनुभयो । उहाँहरुले राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट