‘क्रियाशील युवा पत्रकारिता पुरस्कार २०७९’ बाट अनलाइन टिभी नेपालका अध्यक्ष नबिन गिरी सम्मानित


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र २१, २०७९

  • काठमाडौं । ‘क्रियाशील युवा पत्रकारिता पुरस्कार २०७९’ बाट अनलाइन टिभी नेपालका अध्यक्ष नबिन गिरी सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव ९रजत महोत्सव० को अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा गिरीलाई उक्त पुरस्कार प्रदान गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० ले गिरीलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

    बिरगञ्जबाट पत्रकारिता सुरु गरेका गिरी हाल अनलाइन टिभी नेपालमा कार्यरत छन् । बिशेषगरी कला क्षेत्रमा कलम चलाउने गिरी चलचित्र पत्रकार संघको २०७६ सालमा सदस्य पदमा अत्यधिक मतले विजय भएका थिए । केहि समय अघि भएको चलचित्र पत्रकार संघको चुनावमा उनी सचिव पदमा निर्वाचित भएका छन् ।

    एक दशकदेखि पक्रकारितामा सत्रिय रहेका गिरीले पत्रिका, रेडियो, टिभी, अनलाइन तथा बिभिन्न संचार माध्यममा अनुभव बटुलि सकेका छन् । पत्रकारितामार्फत आफनो क्षमता र कुशलता प्रदर्शन गर्दै आएका गिरी चलचित्र पत्रकारिताको संस्थागत विकाश र प्रवर्द्धनमा महत्पूर्ण भूमिका खेलेको भन्दै रिपोर्टर्स क्लब नेपालले उनलाई सम्मानित गरेको हो । चलचित्र पत्रकार संघका सचिव रहेका गिरी हजरिया समाज सेवाका सह–सचिव समेत हुन् । उनले २०६७ देखि पत्रकारिता सुरु गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार