चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रसचिव पौड्यालको भेटवार्ता


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र २३, २०७९

  • परराष्ट्र सचिव भरतराज पौड्यालले जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री चिङ काङसँग भेटवार्ता गर्नुभएको छ ।

    चीनको बेइजिङस्थित विदेश मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच दुई देशबीच लामो समयदेखि चल्दै आएको द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने, भ्रमण आदान–प्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

    उक्त अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, मन्त्रालयका सहसचिव लोकबहादुर थापा, दुवै देशका परराष्ट्र मन्त्रालय र दूतावासका उच्च अधिकारीहरूको उपस्थिति थियो । परराष्ट्र सचिव पौडेल परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बेइजिङ पुग्नुभएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट