आङछिरिङ शेर्पाको सम्झनामा यति एयरलाइन्सले शुक्रबार उडान नगर्ने


  • Frontline Nepal

काठमाडौं , फागुन १६ ।  काठमाडौँ –हेलिकप्टर दुर्घटनामा परी आफ्ना प्रबन्ध निर्देशक गुमाएको यति एयरलाइन्स र तारा एयरले शुक्रबार देशभरि कुनै पनि उडान नगर्ने भएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै यतिले बुधबारको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको सम्झनामा सबै उडान बन्द गर्ने जानकारी गराएको छ।

यति र  तारा एयरले काठमाडौंदेखि भरतपुर, पोखरा, विराटनगर, धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर, लुक्ला, फाप्लु, ताप्लेजुङ, तुम्लिङटार, जोमसोम, भद्रपुरलगायतका ठाउँमा उडान गर्दै आएका छन्।

यति एयरका प्रबन्ध निर्देशक शेर्पासहित संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी र थप पाँच जनाको बुधबारको दुर्घटनामा मृत्यु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार