चितवन-२ मा रवि लामिछाने भारी मतान्तरले विजयी


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, बैशाख १२, २०८०

  • बैशाख १० गते भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन् ।
    सभापति लामिछानेले ५४१७५ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११११४ मत पाएका छन् । उनीहरूबीच ४३०६१ मतान्तर रहेको छ ।

    यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए । त्यसबेला उनले ४९ हजार ३ सय मत पाएका थिए । अमेरिकी नागरिकता लिएर फेरि नेपाली नागरिकता नलिएको मुद्दामा उनको सांसद पद र गृह मन्त्री पद गुमेको थियो । उनले सांसद पद गुमाएकै कारण चितवन–२ मा उपनिर्वाचन भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार