एसिसी प्रिमियर कप : नेपालले कुवेतविरुद्ध ब्याटिङ गर्दै


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, बैशाख १६, २०८०

  • एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले अहिले कुवेतविरुद्ध ब्याटिङ गरिरहेको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङ गर्ने निम्तो पाएको हो । कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका थिए । नेपाल समूह ‘ए’ को विजेता तथा कुवेत समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

    नेपालको प्लेइङ–११ मा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की छन् ।

    यस्तै अर्को सेमिफाइनल खेल ओमान र युनाइटेड अरब इमिरेटस् (युएई) बीच भइरहेको छ । उक्त खेल मूलपानी क्रिकेट मैदानमा हुँदै छ । युएईविरुद्धको खेलमा ओमानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार