राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश १ बैठक उदयपुरमा सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, बैशाख २३, २०८०

  • काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले उदयपुरको गाईघाटमा पहिलो प्रदेश बैठक सम्पन्न गरेको छ । शुक्रबार गाईघाट स्थित टाउन हल होटलको सभाहलमा रास्वपाका प्रदेश सभापति राजेश कुमार तिमिल्सिनाको अध्यक्षतामा बिभिन्न निर्णयहरु सहित बैठक सम्पन्न भएको हो ।

    बैठकले संगठन विस्तार प्रशिक्षण लगाएत विषयमा छलफल गरेर निर्णय गर्ने रास्वपाका उदयपुर जिल्ला संयोजक चित्रकुमार कार्कीले बताए । कार्यक्रममा संघीय सांसद असोककुमार चौधरीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सांसद चौधरीले उदयपुरको उदयपुरको गाईघाट फत्तेपुर सडक र प्रस्तावित सगरमाथा विमानस्थलको विषयमा समेत स्थलगत अनुगमन गरेको छन् । सांसद चौधरीले सम्बन्धि विभागबाट जानकारी लिने समेत जनाएका छन् ।

    स्थानीयले सामान्य बाटोमा पुल नभएकोले वर्षातको समय हजारौं स्थानीयले सास्ती भोग्नु परेको सांसद चौधरीसँग दुखेसो व्यक्त गरे । स्थानीयका अनुसार झण्डै चार हजार रुख कटान भएको छन् ।

    अझै करिब दस हजार रुख काट्ने निर्णय भएको प्रति स्थानीय चिन्तित भएको छन् । कार्यक्रममा प्रदेश महामन्त्री लालविक्रम थापा, प्रवक्ता कमल बाबु मैनाली लगाएत ११ जिल्लाका संयोजक उपसंयोजक प्रदेश सदस्य लगाएत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार