मिस मगर इन्टरनेशनलको ट्यालेन्ट राउण्ड सम्पन्न, १२ प्रतियोगीले देखाए प्रतिभा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ २२, २०८०

  • काठमाडौँ । मिस मगर इन्टरनेशनलको पहिलो सीजनको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । सोमबार काठमाडौँको होटल सम्पदामा आयोजित कार्यक्रममा १२ प्रतियोगीले आफूभित्र रहेको प्रतिभा देखाए । उनीहरुले नृत्य, अभिनय, गीत, कविता तथा गजल बाचन लगायतका प्रतिभा देखाएका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय उपमहासचिव मगर महिला उद्यमी चन्द्रज्योती आले मगरले उत्कृष्ट १२ प्रतियोगीलाई शुभकामना दिइन् । उनले मिस मगर इन्टरनेशनलले मगर समुदायमा रहेका युवतीहरुको व्यक्तित्व विकासमा ठुलो मद्दत गर्ने भन्दै प्रतियोगीहरुलाई शुभकामना दिइन् । साथै उनले यस्ता किसिमका प्रतियोगीता नियमित हुनुपर्नेमा जोड दिइन् । यस्तै विशेष अतिथि नेपाल मगर महिला संघकी केन्द्रीय अध्यक्ष हिरु राना मगरले पनि मिस मगर इन्टरनेशनलको पहिलो सिजनमा सहभागी हुन आउने प्रतियोगीहरुलाई शुभकामना दिइन् ।

    मिस मंगोल २०१२ की बिजेता सपना रोका मगरले सन्चालन गरेको कार्यक्रममा आयोजक संस्था सुनोगाभा नेपालका महासचिव नायक तथा गायक रमेश बाबु थापा मगरले स्वागत मन्तब्य राखेका थिए । उनले मिस मगर इन्टरनेशनलले मगर समुदायका युवतीहरुको ब्यक्तित्व विकास गर्ने बताए । उनी भन्छन्, ‘हामी पहिलो सिजनमा छौं । तर, प्रतियोगीहरुको सहभागीता देख्दा निकै खुसी लागेको छ । मगर समुदायमा रहेका युवतीहरुले आफनो व्यक्तित्व विकास गर्नेमा ढुक्क छौं ।’

    निर्णय समितिका संयोजक राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान उपत्यका समितिको अध्यक्ष गायक तथा भिडिओ निर्देशक अर्जुन थापा मगरले उत्कृष्ट १२ बिच फाइनल हुने जानकारी गराए । उनले यहि जेठ २७ गते काठमाडौंको प्रज्ञाभवनमा फाइनल प्रतिस्पर्धा हुने उनले जानकारी गराए । अर्जुनसँगै मगर फिल्म निर्देशक सन्तोष पिठाकोटे मगर, मिस मंगोल २०१९ को फस्ट रनरअप रेनुका पुन मगर निर्णायक रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार