मिस मगर इन्टरनेशनलको ट्यालेन्ट राउण्ड सम्पन्न, १२ प्रतियोगीले देखाए प्रतिभा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ २२, २०८०

  • काठमाडौँ । मिस मगर इन्टरनेशनलको पहिलो सीजनको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । सोमबार काठमाडौँको होटल सम्पदामा आयोजित कार्यक्रममा १२ प्रतियोगीतले आफूभित्र रहेको प्रतिभा प्रदर्शन गरेका छन् । उनीहरुले नृत्य, अभिनय, गीत गायक, कविता तथा गजल बाचन लगायतका प्रतिभा प्रदर्शनका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय उपमहासचिव मगर महिला उद्यमी चन्द्र ज्योती आले मगरले उत्कृष्ट १२ प्रतियोगीलाई शुभकामना दिइन् । उनले मिस मगर इन्टरनेशनलले मगर समुदायमा रहेका युवतीहरुको व्यक्तित्व विकासमा ठुलो मद्दत गर्ने भन्दै प्रतियोगीहरुलाई शुभकामना दिइन् । साथै उनले यस्ता किसिमका प्रतियोगीता नियमित हुनुपर्नेमा जोड दिइन् । यस्तै विशेष अतिथि नेपाल मगर महिला संघकी केन्द्रीय अध्यक्ष हिरु राना मगरले पनि मिस मगर इन्टरनेशनलको पहिलो सिजनमा सहभागी हुन आउने प्रतियोगीहरुलाई शुभकामना दिइन् ।

    मिस मंगोल सन् २०१२ की बिजेता सपना रोका मगरले सन्चालन गरेको कार्यक्रममा आयोजक संस्था सुनोगाभा नेपालका महासचिव नायक तथा गायक रमेश बाबु थापा मगरले स्वागत मन्तब्य राखेका थिए । उनले मिस मगर इन्टरनेशनलले मगर समुदायका युवतीहरुको व्यक्तित्व विकास गर्ने बताए । उनी भन्छन्, ‘हामी पहिलो सिजनमा छौं । तर, प्रतियोगीहरुको सहभागीता देख्दा निकै खुसी लागेको छ । मगर समुदायमा रहेका युवतीहरुले आफ्नो व्यक्तित्व विकास गर्नेमा ढुक्क छौं ।

    निर्णय समितिका संयोजक राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान उपत्यका समितिको अध्यक्ष गायक तथा भिडियो निर्देशक अर्जुन थापा मगरले उत्कृष्ट १२ बिच फाइनल हुने जानकारी गराए । उनले यहि जेठ २७ गते काठमाडौँको प्रज्ञा भवनमा फाइनल प्रतिस्पर्धा हुने जानकारी गराए । अर्जुनसँगै मगर फिल्म निर्देशक सन्तोष पिठाकोटे मगर, मिस मंगोल २०१९ को फस्ट रनर अप रेनुका पुन मगर निर्णायक रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार