मिस मगर इन्टरनेश्नल पहिलो सिजनकि बिजेता बनिन् प्रतिमा आले मगर


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, जेष्ठ २७, २०८०

  • काठमाडौँ, २७ जेठ । मिस मगर इन्टरनेशनल पहिलो सिजनको उपाधि प्रतिमा आले मगरले जितेकी छिन् । शनिबार बेलुका नेपाल प्रज्ञा भवन कमलादीमा आयोजित फिनाले कार्यक्रममा १२ प्रतिष्पर्धिबाट प्रतिमा बिजेता बनेकी हुन् । उनले टाइटलसँगै नगद ४ लाख रुपैंयाँ, सिटिजन लाइफ इन्सुरेन्सको तर्फबाट ५ लाख रुपैंयाँ बराबरको जीवन बिमा प्राप्त गरिन् ।

    यस्तै स्मृति ठाडा मगर फर्स्ट रनरअप र क्लिया थापा मगर सेकेन्ड रनर अप विजेता बनेका छन् । उनीहरुले क्रमशः २ लाख र १ लाख रुपैंयाँ सहित पाँच लाख रुपैंयाँ बराबरको जीवन बिमा प्राप्त गरे । फिनालेमा निर्णायक माल्भिका सुब्बाले सामाजिक सन्जालको तर्फबाट ‘तपाईंले मगर संस्कृतिलाई कसरी प्रचार गर्नुहुन्छ ?’ भनेर सोधिएको प्रश्नमा सान्दर्भिक उत्तर दिएसँगै प्रतिमाले टाइटल हात पार्न सफल भइन् ।

    निर्णायकमा पूर्व मिस नेपाल माल्भिका सुब्बा, अभिनेत्री मिरुना मगर, अभिनेता अनुप बिक्रम शाही, मोडल रीना थापा मगर, हिमाल राना, संजोग लाफा मगर, अलिगिभा पुन मगर र रुद्र सिरिज मगर रहेका थिए ।

    उपसभामुख इन्दिरा रानामगर प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल महिला मगर संघकी केन्द्रिय अध्यक्ष हिरु राना मगर लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो । आयोजक सुनोगाभा नेपालका महासचिव नायक तथा मोडल रमेश बाबु थापा मगरले कार्यक्रम भब्य र सभ्य भएको भन्दै आगामी वर्षको संस्करणमा अझ राम्रो गर्ने प्रतिबद्धता जनाए । मिस मंगोल २०१२ की बिजेता सपना रोकाले सन्चालन गरेको कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार