राष्ट्रपति पौडेल तनहुँमा


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस २०, २०८०

  • दमौली (तनहुँ), २० पुस : राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आउनुभएको छ । भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत्वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो ।

    राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गर्नुभयो । राष्ट्रपति पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्घाटनका लागि यहाँ आउनुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार