फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

डकुमेन्ट्री, फिल्म निर्देशक तथा पर्यटन प्रर्बद्धक शाही सम्मानित


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, पुस २१, २०८०

  • काठमाडौँ । अग्लेश्वरी हिल्स विकास कोषले नेपालको कला, संस्कृति, पर्यटनको विकास गर्ने उद्देश्यका साथ आयोजित दोस्रो जिवन्त नेपाल म्यूजिक अवार्ड २०२३ कार्यक्रममा पर्यटन प्रर्बद्धक देबेन्द्र बहादुर शाही ठकुरी सम्मानित भएका छन् ।

    म्यूजिक अवार्ड तथा सम्मान कार्यक्रम नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरीक उड्यन राज्य मन्त्रि शुसिला श्रीपाली ठकुरीको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । सो कार्यक्रममा नेपाली कला संस्कृति, सामाजिक सेवा, पर्यटनस“ग सम्बन्धित व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    शाही लामो समयदेखी नेपालको पर्यटन क्षेत्रमा फोटोग्राफि, डकुमेन्ट्री फिल्म निर्माण तथा निर्देशकका रुपमा काम गर्दै आइरहेका छन् । नेपालको पर्यटन क्षेत्रलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ देशभित्र तथा विदेशमा समेत उनले
    लामो समय देखी फोटोग्राफि, डकुमेन्ट्री फिल्म प्रर्दशनमार्फत नेपालको पर्यटन कला, संस्कृतिको प्रर्बद्धन गर्दै आईरहेका छन् ।

    शाहिले पर्यटन विकासका बिभिन्न कार्यक्रम पनि गर्दै आइराखेका छन् । सामाजिक कार्यमा समेत उनी सक्रिय छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट