राष्ट्रिय सभा निर्वाचन: राप्रपाले टुंग्यायो ९ उम्मेदवार


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, पुस २२, २०८०

  • राष्ट्रिय सभा निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ९ जना उम्मेदवार टुंग्याएको छ।

    आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले ९ जना उम्मेदवार टुंगो लगाएको प्रवक्ता मोहन श्रेष्‍ठले जानकारी दिए।

    राप्रपाले कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने भएको छ।

    बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय भएको श्रेष्ठले बताए।

    गण्डकीमा गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी, लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंह उम्मेदवार बन्ने भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार