राष्ट्रियसभा निर्वाचनमा नेकपा (एस) का दुई उम्मेदवार


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस २३, २०८०

  • काठमाडौँ, २३ पुस : नेकपा (एकीकृत समाजवादी) ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

    बागमती प्रदेशका दलितकोटाबाट दोलखाका घनश्याम रिजाल र कर्णाली प्रदेशको महिला कोटाबाट दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिनुभयो ।

    आइतबार बिहान भएको सचिवालय बैठकले उम्मेदवार टुङ्ग्याउने जिम्मेवारी पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई सुम्पेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार