काठमाडौँ । हेयर डिजाइनर जुरी ठाकुर ‘अग्लेश्वरी हिल्स जीवन्त राष्ट्रिय हेयर डिजाईनर सम्मान २०८०’ बाट सम्मानित भएका छन् । शनिबार राष्ट्रिय नाँचघरमा आयोजित एक कार्यक्रममा ठाकुर सम्मानित भएका हुन् ।
अग्लेश्वरी हिल्स विकास कोषद्वारा आयोजित दोस्रो ‘जीवन्त नेपाल म्युजिक अवार्ड २०८०’ मा ठाकुर सम्मानित भएका हुन् । बिगत एक दशकदेखी सेलिब्रिटीहरुको हेयर डिजाइनरको भूमिका निभाउँदै आएका ठाकुर जुरी युनिसेक्स पार्लरका सञ्चालक समेत हुन् । उनले नयाँ बानेश्वरको ठूलो खरीबोटमा पार्लर सञ्चालन गरिरहेका छन् । नयाँ बानेश्वरमै जुरी युनिसेक्स पार्लरको ब्रान्च सञ्चालन गरिरहेका ठाकुर अन्य स्थानमा पनि पार्लर बिस्तार गर्ने योजनामा छन् ।