पारुल क्रियशनकी प्रोपाइटर पार्वती भट्टराई कडेललाई ‘राष्ट्रिय सेवा सम्मान’ प्रदान


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस २४, २०८०

  • काठमाडौँ । पारुल क्रियशनकी प्रोपाइटर पार्वती भट्टराई कडेललाई ‘राष्ट्रिय सेवा सम्मान’ प्रदान गरिएको छ । शनिबार चन्द्रलोक प्रतिष्ठानले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनी सम्मानित भएकी हुन् ।

    आयोजकका अनुसार लामो समयदेखी व्यवसायिक तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहेर नेपाली समाजमा निष्ठापूर्वक समर्पित रहेकोमा पार्वतीलाई सम्मान प्रदान गरिएको हो । चन्द्रलोक प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरलाई उनलाई सम्मान प्रदान गरिएको हो । व्यवसायिक तथा विभिन्न सामाजिक संघ संस्थाहरुको माध्यमबाट सामाजिक विकास, आर्थिक र राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको कदर गर्दै आएकोमा पार्वतीलाई सम्मान प्रदान गरिएको हो । ‘यो सम्मानले मलाई थप जिम्मेवार महशुष गराएको छ ।’ राष्ट्रिय सेवाबाट सम्मानित भएपछि पार्वतीले फ्रन्टलाइन नेपाल डट्कमसंग  भनिन्, ‘म आफ्नो पेशामा अझ समर्पित भएर लाग्नेछु ।’

    पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न ऊक्त कार्यक्रमको सभापतित्व चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार