फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

‘मिस युनिभर्स नेपाल २०२४’ को आयोजना हुँदै, अप्रिलदेखी आवेदन फारम खुल्ला हुने


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, पुस २६, २०८०

  • काठमाडौँ । ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने भएको छ । बिहिबार राजधानीमा आयोजित प्रेस मिट्मा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने बारे घोषणा गरिएको हो ।

    ग्लोबल ग्ल्यामर भेन्चरका अनुसार ‘मिस युनिभर्स नेपाल २०२४’ को फर्म आगामि अप्रिलमा खुल्नेछ । १८ वर्ष उमेर नाघेका विश्वभरका नेपाली महिलाहरुले यस प्रतियोगितामा भाग लिन सक्नेछन् । भेन्चरकी प्रमुख कार्यकारी अधिकृत सबि पुरीले यो प्रतियोगिताबारे घोषणा गर्न पाउँदा आफू अत्यन्तै उत्साहित भएको बताईन् । ‘हामी नयाँ सोच लिएर आएका छौं । उर्जावान र समर्पित टिमले कार्यक्रमलाई भव्य बनाउँनेछौं ।’ पुरीले भनिन् । उनले यो वर्षदेखी मिस युनिभर्स नेपालको आयोजक परिवर्तन भएको जानकारी दिईन् । नेपालमा द हिडन ट्रेजरल मिस युनिभर्सको आयोजना पश्चात यो तेस्रो पटक हेरफेर हो । यसअघि उमंग क्रियसनले आयोजना गरेको थियो ।

    ग्लोबल ग्ल्यामर भेन्चरकी संस्थापक संगीता पुरीका अनुसार ‘मिस युनिभर्स नेपाल २०२४’ प्रतियोगिताकि विजेताले मेक्सिको यात्रा गर्ने अवसर पाउँनेछिन् । छनौट प्रक्रिया र पुरस्कारबारे भने घोषणा हुन बाँकी छ । बिहीबार आयोजित प्रेस मिट्मा नेपाल पर्यटन बोर्डका सिईओ डा.धनन्जय रेग्मी, इमेज कन्सल्ट्यान्ट तथा अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्जेन्डर गोन्जालेज र युनिभर्स वुमन २०२४ कि विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्लाको उपस्थिती रहेको थियो ।

    ‘युनिभर्स वुमन २०२४’ भ्यालेन्टिना सान्चेज ट्रिभेलाले प्रतियोगितामा सहभागी हुँदा आफूले सिकेका अनुभव गरेका सुनाएकी थिईन् । ‘आयोजकले मलाई नेपाल बोलाउनुभयो । नेपाल कला, संस्कृतिमा निकै धनी लाग्यो ।’ भ्यालेन्टिनाले सुनाईन्, ‘नेपाल आउँदा म मात्रै होईन मेरो परिवार पनि एकदमै उत्साहित छ ।’ उनले नेपाली महिलाहरुलाई ‘मिस युनिभर्स नेपाल २०२४’ मा सहभागि भएर आफ्नो करिअरमा एक इट्टा थप्न प्रेरित गरिन् ।

    यस्तै अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्जेन्डर गोन्जालेजले नेपाली महिलाहरुलाई मिस युनिभर्स नेपाल प्रतियोगितामा सहभागी हुन प्रेरित गरेका थिए । ग्लोबल ग्ल्यामर भेन्चरकि संस्थापक संगीता पुरी तथा अध्यक्ष आलोक क्षेत्रीले ‘मिस युनिभर्स नेपाल २०२४’ लाई सफल पार्न सबैको साथ, सहयोगको जरुरी रहेको बताए । यस प्रतियोगितामार्फत आफ्नो व्यापार प्रचार–प्रसार एवं प्रवर्द्धन गर्न बिभिन्न व्यवसायी, रेस्टुराँ, बित्तिय क्षेत्र र अन्य विज्ञापनदातालाई साझेदारीका लागि खुल्ला आव्हान गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट