तामाङ समाज कोलोराडोले सोनाम ल्होछार साँझ गर्दै


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, माघ ४, २०८०

  • पुस, काठमाडौँ । तामाङ सोसाइटी अफ कोलोराडोको आयोजनामा ‘सोनाम ल्होछार साँझ’ आयोजना हुने भएको छ । कार्यक्रम आगामी फागुन १९ (२ मार्च, २०२४)मा शनिवार साँझ ६ बजे हुने बताइएको छ ।

    सांगितिक कार्यक्रममा चचित कलाकार बुद्धी तामाङ, लोक तथा दोहोरी गायक मिलन लामा, बुद्धीमान वाइवा, गायिका संगीता थापा मगर र मोडल रश्मि तामाङलगायतको बेजोड प्रस्तुती रहने आयोजक संस्थाले एक विज्ञप्ती जारी गर्दै जनाएको छ । उक्त स्थानमा यसअघि सोनाम ल्होछार साँझको आयोजना नभएकोले कार्यक्रम भव्य हुने विश्वास गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार