फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

गण्डकी प्रदेशका ३१ स्थानिय तह एकैपटक सामाजिक सुरक्षा कोषमा आबद्ध


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, माघ ९, २०८०

  • काठमाडौँ । सबैका लागि योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने मुल उद्देश्यका साथ स्थापित भएको सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेक्रका श्रमिक तथा स्वरोजगारलाई आबद्ध गर्ने त्रममा गण्डकी प्रदेशका ३१ स्थानिय तहले ऐतिहासिक रुपमा एकै पटक कोषमा आबद्धता सम्बन्धी सम्झौता गरेका छन् ।

    कोषद्वारा यसै माघ ५ र ६ गते पोखरामा आयोजित “स्थानिय तहसँग सामाजिक सुरक्षा कोष” विषयक दुई दिने कार्यक्रम माननिय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । सो कार्यक्रममा गण्डकी प्रदेशका ५ तनहुँ, कास्की, स्याङ्जा, बाग्लुङ र पर्वत जिल्लाका ४२ स्थानिय तहको सहभागिता रहेको थियो ।

    यस अवसरमा गण्डकी प्रदेशका ३१ पालिकाले आफ्नो क्षेत्रका अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकहरूलाई कोषमा आबद्ध गर्ने सम्बन्धमा एकैपटक सम्झौता गरेका हुन् । सम्झौता पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र स्थानिय तहको तर्फबाट जनप्रतिनिधिले श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्ने सम्झौतापक्रमा संयुत्त रुपमा हस्ताक्षर गरेका थिए ।

    सम्झौतापत्रमा हस्ताक्षर ३१ पालिकासँग सम्झौता भएको छ । सो अवसरमा प्रमुख अतिथि माननीय शरतसिंह भण्डारीले योगदानमा आधारित सामाजिक सुरक्षाको हकको साथै आन्तरिक रोजगारी, श्रमको सम्मान, श्रमिकको वर्तमान र भविष्यको सुरक्षाको प्रत्याभुत गर्न अनौपचारिक तथा स्वरोजगार क्षेत्रको सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनले योगदान पुर्‍याउने विचार व्यक्त गरे ।

    अनौपचारिक क्षेत्रका श्रमिकहरूको लागि नेपाल सरकारले तोकेको न्युनतम आधारभुत पारिश्रमिकको २०.३७ प्रतिशत रकम मध्ये ११ प्रतिशत रकम श्रमिक आफैले जम्मा गर्नुपर्ने र ९.३७ प्रतिशत रकम स्थानिय तहले सह–योगदान गरिदिन सक्ने व्यवस्था अर्न्तगत हालसम्म कोष र ४३ पालिकासँग सम्झौता सम्पन्न भईसकेको छ । कोषको कार्यविधिले नियमित रुपमा योगदान गर्ने योगदानकर्ताहरुलाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र बृद्धावस्था सुरक्षा योजना गरि विभिन्न योजनाहरु सञ्चालनमा ल्याएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट