फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

सामाजिक सुरक्षा कोष र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) बिच लगानी सहकार्य सम्झौता


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, माघ १६, २०८०

  • काठमाडौँ । सामाजिक सुरक्षा कोष र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) बिच लगानी सहकार्यको सम्वन्धमा सम्झौता भएको छ । माघ १६ गते उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको उपस्थितिमा कोषको तर्फबाट कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र HIDCL को तर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुन प्रसाद गौतमबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौतामा दुवै पक्ष आ–आफ्नो प्रचलित नीति, नियम तथा निर्णयको अधिनमा रहि जलविद्युत तथा अन्य नविकरणीय उर्जाको विकास, प्रसारण तथा वितरणसँग सम्बन्धित आयोजनाहरूमा सहवित्तीयकरणमा सहभागी भई ऋण लगानी गर्ने र अन्य साझेदारी गर्ने विषय उल्लेख गरिएको छ ।

    सामाजिक सुरक्षा कोषमा हाल ८० अर्ब रुपैंयाँ भन्दा बढि लगानीयोग्य रकम रहेको र यो रकम निरन्तर बढि रहेको सन्दर्भमा ऐनले तोकिदिएको क्षेत्रमा सुरक्षित एवं दिगो प्रतिफलयुक्त तरिकाले लगानी गरी योगदानकर्तालाई दिगो प्रतिफल दिन तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रहरुमा रकम लगानी गरी आर्थिक विकासमा टेवा पुर्‍याउँन यो सम्झौता गरिएको कोषले जनाएको छ ।

    नेपाल सरकारको स्वामित्व र नियन्त्रणमा रहेका (HIDCL), आन्तरिक तथा बाहृय क्षेत्रबाट वित्तीय स्रोत परिचालन गरी जलविद्युत तथा अन्य नविकरणीय उर्जाको विकास, प्रसारण, वितरण तथा व्यापारसँग सम्बन्धित आयोजनाहरूमा ऋण तथा स्वपूँजी लगानी गर्ने कम्पनी भएको हुँदा कोषको पूँजी र कम्पनीको विशिष्ट ज्ञानको फ्युजनमार्फत उर्जा क्षेत्रमा सिनर्जी प्रभाव सृजना हुने कुरामा विस्वस्त भई यो सम्झौता गरिएको (HIDCL) कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन प्रसाद गौतमले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट