फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

सामाजिक सुरक्षा कोष र कपिलवस्तुस्थित युनाइटेड नेशनल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन १४, २०८०

  • कपिलवस्तु, १३ गते । सामाजिक सुरक्षा कोष र लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा रहेको युनाइटेड नेशनल अस्पतालबीच कोषका योगदानकर्तालाई स्वास्थ्य सेवा प्रवाह गर्ने विषयका सम्बन्धमा सम्झौता भएको छ । कोषको केन्द्रिय कार्यालय,बबरमहलमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी तथा युनाइटेड अस्पतालको तर्फबाट अस्पताल प्रतिनिधि डा.गिरी पन्थीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

    हस्ताक्षर पछि बोल्नुहुदै अस्पतालका प्रतिनिधि डा.गिरीले कोषमा नियमित योगदानकर्ताको रुपमा रहेका श्रमीकवर्गले डाक्टरको परामर्श सेवा सहित ओपिडी र आइपिडी सेवा तथा दुर्घटना लगायतका बृहत सेवा प्राप्त गर्ने जानकारी दिनुभयो । अशक्त भई अस्पताल आउन नसक्ने योगदानकर्ताको हकमा समेत निजहरुले घरमै बसी अस्पतालको सुविधा लिनसक्ने तथा सोको सोधभर्ना अस्पतालले गर्ने समेत जानकारी दिनुभयो । सेवा प्रवाहका सवालमा योगदानकर्ताले पुर्ण र गुणस्तरिय सेवा प्राप्त गर्ने समेत उहाँले बताउनुभयो ।

    त्यस्तै कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले युनाइटेड नेशनल अस्पतालसंगको सम्झौताले सिंगो कपिलवस्तु जिल्ला तथा सो आसपासका योगदानकर्ता लाभान्वित हुने बताउनुहुदै नेपाल सरकारको सामाजिक सुरक्षाको अभियानमा युनाइटेड नेशनल अस्पतालसंगको सहकार्यले समग्र लुम्बिनी प्रदेशमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनभयो । सो अवसरमा लुम्बिनी प्रदेश सांसद विष्णु प्रसाद पन्थीले कपिलबस्तु जिल्लामा रहेका सामाजिक सुरक्षा कोषका योगदानकर्ताले जिल्लाभित्रै रही सेवा प्राप्त गर्न सक्ने वातावरण बनेको बताउनुभयो । यसले जिल्ला बाहिर गई स्वास्थ्य सेवा लिनुपर्ने अवश्थाबाट कपिलवस्तुका सामाजिक सुरक्षा कोषका योगदाकर्ता मुक्त रहेको बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट