‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले मनायो पहिलो वार्षिकोत्सब, फागुन १९ सम्म १५ प्रतिशत छुट


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन १६, २०८०

  • काठमाडौँ । दरबारमार्गस्थित ‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले पहिलो वार्षिकोत्सब मनाएको छ । अरेबियन परिकारका लागि चर्चित ‘द ब्ल्याक गोल्ड’ ले पहिलो वार्षिकोत्सबसँगै केही नयाँ परिकार सार्वजनिक गरेको छ । जसअनुसार यस रेस्टुराँको मेनुमा किब्बे, खास्बा चिकेन विद् राइस, ल्याम्ब ओजी, मिट् साम्बुसेक परिकार थपिएका छन् ।

    नेपाल घुम्न आएका मलेसियन पर्यटक रवीको हातबाट ‘द ब्ल्याक गोल्ड’ मा केक काटेर पहिलो वार्षिकोत्सब सेलिब्रेट गरिएको हो। दरबारमार्गस्थित किङ्स लाउन्जको ग्राउन्ड फ्लोरमा अवस्थित यो रेस्टुराँ विदेशबाट फर्किएका नेपालीहरूले सञ्चालनमा ल्याएका हुन् । सञ्चालक मध्येका एक बालकृष्ण श्रेष्ठका अनुसार स्वदेशमा नेपालीहरूलाई रोजगारी प्रदान गर्ने उद्देश्यले रेस्टुराँ सञ्चालनमा ल्याईएको हो । नेपालमा अन्य रेस्टुराँ धेरै भए पनि अरेबियन परिकार पस्किने रेस्टुराँको संख्या भने न्युन छ । ‘विशेषगरी विदेशी पर्यटकहरूलाई अरेबियन परिकारको स्वाद चखाउने लक्ष्य छ ।’ सञ्चालक श्रेष्ठले भने, ‘राजधानीमा अरेबियन स्वाद चखाउने रेस्टुराँ भेटिदैनन् । हामीले त्यो अभाव पूरा गरिरहेका छौं ।’

    ‘द ब्ल्याक गोल्ड’ ले आफ्नो पहिलो वार्षिकोत्सबका अवसर पारेर आगामि फागुन १९ सम्म खानाका बिभिन्न परिकारहरुमा १५ प्रतिशतसम्म छुटको घोषणा गरिएको छ । द ब्ल्याक गोल्ड म्यानेजमेन्ट टिम अन्तर्गतको प्रेस्टिजिओ होल्डिङ्सले सञ्चालन गरेको यस रेस्टुराँमा करिब एक सयभन्दा बढी अरेबिक परिकारका साथै इन्डियन परिकारहरु मेनुमा उपलब्ध छन् । यसका साथै अरेबिक कोल्ड मेजे, अरेबिक हट् ड्रिंक्स (अरेबियन टी, गावा, टर्किस कफी) अरेबिक फ्लेवरको हुक्काको स्वाद पनि लिन सकिन्छ । ११ नेपाली व्यवसायीको समूहले सञ्चालन गरेको ‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले होम डेलिभरीको सुविधा पनि प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार