पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ५, २०८०

  • काठमाडौँ । पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सोमबार बिहान महरा कपिलबस्तुमा पक्राउ परेका हुन् ।

    आइजिपी बसन्त कुवरका अनुसार महरालाई आजै काठमाडौं ल्याइनेछ । महरालाई इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप लागेको छ । ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । उनका छोरा राहुल सुन प्रकरणमै पक्राउ परी पुर्पक्षका लागि थुनामै छन् ।

    गत बिहीबार जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पुगेको छ । केही दिन अगाडी उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले महरालाई पक्राउ गर्ने संकेत गरेका थिए । नयाँ गठबन्धनपछि पक्राउ परेका शक्तिशाली र उच्चपदस्थ व्यक्तिभित्र पर्छन्, महरा ।

    यसअघि सिआइबीले महरालाई ९ किलो सुन प्रकरणमा बयानपछि कागजमात्रै गराएर छाडेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार