कुलेश्वरमा खुल्यो मिट्पार्क—नन्भेज हेभन रेस्टुराँ, २५ जनालाई रोजगारी


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ५, २०८०

  • काठमाडौँ । काठमाडौँको कुलेश्वरमा मिट्पार्क—नन्भेज हेभन रेस्टुराँ खुलेको छ । डेढ करोड रूपैयाँको लगानीमा सञ्चालनमा आएको यस रेस्टुराँले २५ जनालाई रोजगारी प्रदान गरेको छ ।
    यसै चैत ३ गते चर्चित हास्य टेलिसिरीयल ‘मेरी बास्सै’ का वरिष्ठ कलाकार सुरवीर पण्डित (दारी बा) र रामचन्द्र अधिकारी (गोक्ते काजी) को उपस्थिीतिमा रेस्टुराँको औपचारिक उद्घाटन गरिएको छ । किरण गौतम, प्रकाश सापकोटा लगायत तीन जनाको लगानीमा रेस्टुराँ सञ्चालनमा आएको हो ।

    मिट्पार्क—नन्भेज हेभन रेस्टुराँले आफ्नो मेनुमा उपलब्ध परिकारहरूमा चैत महिनाभरी १० प्रतिशत छुटको व्यवस्था गरेको छ । सञ्चालकका अनुसार दुई वटा बियर खरिद गर्दा एक पुन्टे बियर र एक सेट सेकुवा निःशुल्क उपलब्ध गराईने छ । दाउराको आगोमा बनाईने सेकुवा यहाँको विशेष परिकार हो । यसबाहेक चिकेनका बिभिन्न आइटमहरु यहाँ उपलब्ध छन् । तीन वटा बेग्ला–बेग्लै क्याबिनको सुबिधा भएको मिट्पार्कमा एकै पटकमा १ सय ५० जना बस्न मिल्ने क्षमता छ ।

    बिभिन्न पेन्टिङ र आकर्षक सजावट भएको मिट्पार्कमा जन्मदिन, पास्नी, भोज, वार्षिकोत्सव लगायत अन्य बिशेष कार्यक्रमहरु पनि सेलिब्रेट गर्न सकिने छ । सानीमा बैंकको छेउमै रहेको मिट्पार्कमा पर्याप्त पार्किङको सुविधा समेत छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार