युवा उद्यमशील जागरण नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ५, २०८०

  • काठमाडौँ । युवा उद्यमशील जागरण नेपालले आयोजना गरेको बृहत रक्तदान कार्यत्रम सम्पन्न भएको छ । सोमबार बागबजारमा आयोजित कार्यक्रममा झण्डै ६० बढीले रक्तदान गरेका थिए ।

    गायिका सिर्जना खत्री (हाउडे माया) र कमेडियन राजु भुजेलले पहिलोपटक रक्तदान गरेका छन् । गायिका सिर्जनाले आफूले दान दिएको रगतले कसैको जीवन बच्ने भएकाले आम नागरिकलाई पनि रक्तदान गर्न आग्रह गरिन् ।

    काठमाडौं महानगरपालिका वडा नं. २८ का वडा अध्यक्ष भाइराम खड्गी कार्यक्रमका प्रमुख अतिथिका रुपमा निम्त्याईएका थिए । खड्गीले युवा उद्यमशील जागरण नेपालले गरेको कामको प्रशंसा गरे । आगामी दिनमा वडा कार्यालयले गर्ने सहयोग आफूले गर्ने प्रतिबद्धता ऊनले जनाए । रक्तदान कार्यत्रमका संयोजक तथा सुटमालाका सन्चालक राज कार्कीले आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिने बताए । रक्तदान महादान भएकाले आगामी दिनमा यस्तो कार्यक्रमलाई निरन्तरता दिने उनको लक्ष्य छ ।

    कार्यक्रममा मिडियाकर्मी आयुष पोखरेलसँगै आर्थिक संयोजक नरेन्द्र श्रेष्ठ, युवा व्यवसायी तथा समाजसेवी सागर कार्की, सरन थापा, राज बानियाँ, कमल कार्की, काजी सुन्दास, दिपक केसी, सतिस परियार, कृष्ण सापकोटा, सलिम खान, पुर्ण नेपाली, विजय सापकोटा, ममता बस्याल लगायतको उपस्थिती थियो ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीबाट प्रतिनिधिका रुपमा रोजी श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सञ्चार निर्देशक पवन गुप्ताको उपस्थिती थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार