लागूऔषध सहित ४ पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन १९, २०७५

  • काठमाडौं , फागुन १९ ।  काठमाडौँ –लागूऔषध सहित महोत्तरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ४ जनालाई पक्राउ गरेको छ। नवलपरासीको नवलपुर निवासी विकासबहादुर क्षेत्री, चितवनको चित्रावन नगरपालिका १८ का सुशिल पाण्डेलाई प्रहरीले पक्राउ गरको हो।

    उनीहरुलाइ गएराति जिल्लाको भिट्ठामोडबाट खटिएको गस्ती प्रहरी टोलीले जलेश्वर भिट्ठामोड सडक खण्डमा चेकजांचको क्रममा प्रहरीलाई देखेर भाग्न खोज्दा पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले एक्सीप्लोन सिरप १५ बोतल र निटराभेट टेन ७५ थान लागूऔषध बरामद गरेको छ।

    त्यसैगरी सम्सी गाउँपालिकाबाट प्रहरीले चेकजांचकै क्रममा बा ५६ प ३८१९ नम्बरको स्कुटरमा सवार महोत्तरीकै गौशाला नगरपालिका बस्ने सन्तोषकुमार यादव र बर्दिबास नगरपालिकाका दीपक महतोलाई लागूऔषध सहित पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट नाइट्रोभेट ३०० थान, नाइट्रोसन ४० थान र कोरेक्स सिरप एक सिसी बरामद गरेको छ।

    पक्राउ परेका विरुद्ध लागूऔषध मुद्दा दर्ता गरिएको छ। अदालतबाट म्याद थप लिई उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार