जरायोको सिङसहित १ जना पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन १९, २०७५

  • काठमाडौं , फागुन १९ ।  काठमाडौँ –संरक्षित वन्यजन्तु ओखेटोपहार (जरायोको सिङ) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर कोन्जयोसोमा गाउँपालिका २ शंख भई हाल ललितपुर महानगरपालिका ९ भोल्ढोमा बस्ने गोकुल विश्वकर्मा रहेका छन्।

    विशेष सुराकीको आधारमा महानगरीय प्रहरी परिसर ललितपुर तथा प्रभाग बालकुमारीबाट खटिएको संयुक्त प्रहरी टोलीले विश्वकर्मालाई उनको डेराबाट पक्राउ गरेको हो। विश्वकर्माको कोठामा लुकाइछिपाई राखेको अवस्थामा संरक्षित वन्यजन्तु जरायोको सिङ जस्तो देखिने ठूलो ८ थान र सानो २ थान सिङ, पित्तल जडित शंख थान १, बीचमा प्वाल रहेको गोलाकार सिक्का पैसा थान ५ पनि बरामद भएको ललितपुर प्रहरीले जनाएको छ।

    उनलाई आवश्यक अनुसन्धान र कार्वाहीको लागी जिल्ला वन कार्यालय हात्तीवनमा पठाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार