टुँडिखेलमा नेपाली सेनाको सैन्य कला (फोटो फिचर)


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन २०, २०७५

  • काठमाडौं , फागुन २० ।  काठमाडौँ -नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास देखाएको छ ।

    सोमबार महाशिवरात्री तथा सेना दिवसको अवसरमा टुडिखेलमा शैनिक कला प्रदशर्न गरेको हो ।

    सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) र तोप बढाइँ, विपद् व्यवस्थापन अभ्यास तथा इज्जत अर्पण कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम गरेको छ ।

    सेनाको प्रयोगमा रहेका हातहतियार र उपकरणको प्रदर्शनी तथा सातै प्रदेशको सांस्कृतिक भेषभूषा र रहनसहन झल्कने झाँकीसमेत प्रस्तुत गर्यो ।

    सेनाले देखाएको कलामध्ये हेलिकप्टरमार्फत देखाइएको सैनिक कलाले सबैको ध्यान खिच्न सफल भयो ।

    आतंकवादविरुद्धको अपरेसन सेनाले कसरी गर्छ भन्ने कला देखाउने क्रममा डोरीको मद्धतले हेलिकप्टरबाट ओर्लने र चढेको दृश्यले सबैलाई तान्यो ।

    सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान सेनापति पूर्णचन्द्र थापा लगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो ।

    सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

    सबै तस्बिर – रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार