विवाहमा बेहुली फरार,रित्तो हात फर्किए जन्ती


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन २०, २०७५

  • काठमाडौं , फागुन २० । जनकपुरधाम-धनुषाको शदिननगर नगरपालिकामा विवाहको बेला बेहुली फरार भएपछि बेहुला र जन्ती रित्तो हात घर फर्केका छन् । नगरपालिकाको ३ नम्बर वडfस्थित यदुकोहाको महराटोलमा आइतबार राति एक दलित समुदायको घरमा विहेको बेला नै बेहुली घर छोडेर गएको प्रहरीले जनाएको छ।

    जिल्लाको सबैला नगरपालिकाबाट जन्ती लिएर विवाह गर्न यद्दुकोहा पुगेका बेहुला र बेहुलीको स्वंयवर पश्चात यस्तो घटना भएको यदुकोहाका प्रहरी निरीक्षक भीम खड्काले बताएका छन्।

    प्रहरी निरिक्षक खड्काका अनुसार राम थरकी २० वर्षकी केटीको विवाह थियो, विवाहको लागि धनुषाको सबैलाबाट बेहुला सहित जन्ती आएको थियो। यस्तै, विधी अनुसार बेहुलाबेहुलीको स्वंवर समेत भएको तर स्वंयवर सकेपछी बेहुली आँखा छलेर भागेको प्रहरी निरीक्षक खड्काले जानकारी दिएका छन्।

    विहे अघिदेखि नै बेहुलीको एक केटासंघ प्रेमसम्बन्ध रहेको थियो भने केही छिमेकीको मिलोमतोमा नै केटी भागेको स्थानीयहरुलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। अहिले केटीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।यता, विवाहका लागि आएका बेहुला र जन्ती भने घर फर्केका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार