
काठमाडौं , फागुन २० । काठमाडौँ –अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’को का फर्स्टलुक सार्वजनिक भएको छ।रोहित शेट्टीको निर्देशनमा बनेको यो फिल्मको फस्र्ट लुकसँगै रिलिन मिति पनि सार्वजनिक गरिएको हो। फिल्म २०२०को इदको अवसरका रिलिज हुने बताइएको छ।
अभिनेता अक्षय कुमारले आफैँ फस्ट लुक सार्वजनिक गरेका हुन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले फिल्मको पोस्टर सार्वजनिक गरेका छन्। अक्षयकुमारको शीर्ष भूमिका रहेको फिल्ममा उनी वीर सूर्यवंशीको भूमिकामा छन्।
करण जोहर निर्माता रहेको यो फिल्मको सुटिङ गोवाबाट सुरु भएको छ।
रोहितले फिल्म ‘सिम्बा’को सुटिङकै क्रममा यो फिल्मको घोषण गरेका थिए। सिम्बा २०१८ को सुपरहित फिल्म हो। यो फिल्ममा अक्षयकुमा अतिथि भूमिकामा थिए।