भारतीय जनता पार्टीको वेबसाइट ह्याक


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन २१, २०७५

  • काठमाडौं , फागुन २० ।  काठमाडौँ –भारतको सत्ताधारी दल भारतीय जनता पार्टीको वेबसाइट मंगलबार बिहान ह्याक भएको छ । सामाजिक सञ्जालमा लतगातार यस बारेमा रिर्पाेट भइरहेको छ । भारतीय जनता पार्टीको वेबसाइट  bjp.org खोल्दा अहिले पनि साइट डाउन छ ।

    ट्वीटरमा राखिएको केही स्क्रीनसटका अनुसार, पार्टीको वेबसाइट ह्याक गरेर प्रधानमन्त्री नरेन्द्र मोदीका केही तस्बिर शेयर गरिएका छन् । ती तस्बिरमा मोदी जर्मनीकी चान्सलर एन्जेला मर्कलसँग देखिन्छन् ।

    त्यहाँ केही आपत्तिजनक शब्दको पनि प्रयोग गरिएको छ। अहिलेसम्म साइट ह्याक भएको बारे भारतीय जनता पार्टीले कुनै आधिकारिक सूचना जारी गरेको छैन ।

    भारतीय जनता पार्टीको वेबसाइट भारतमा सबैभन्दा व्यस्त रहने साइट मध्येको एक हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार