नेपाल टेलरिङ व्यवसायी महासंघका अध्यक्ष सतिष श्रेष्ठ सम्मानित


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, बैशाख २३, २०८१

  • काठमाडौँ । व्यवसायी तथा नेपाल टेलरिङ व्यवसायी महासंघका अध्यक्ष सतिष श्रेष्ठ सम्मानित भएका छन् । नेपाल संगीत उद्योग संघले राजधानीमा आयोजना गरेको ‘विश्नाथ केडिया तेस्रो अमिन राष्ट्रिय म्यूजिक अवार्ड २०८१’ मा उनलाई सम्मान गरिएको हो ।

    श्रेष्ठलाई सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप राष्ट्रिय व्यवसायी सम्मान प्रदान गरिएको छ । नेपाल संगीत ऊद्योग संघद्वारा आयोजित कार्यक्रममा विश्नाथ केडिया तेस्रो अमिन राष्ट्रिय म्यूजिक अवार्ड २०८१ का अवसरमा आयोजित विशेष कार्यत्रममा उनलाई सम्मान गरिएको हो । उनी बागबजारस्थित मेरो टेलरका सञ्चालक समेत हुन् ।

    नेपाल संगीत उद्योग संघले आयोजना गरेको ऊक्त कार्यत्रमका प्रमुख अतिथि मन्त्री परिषद्का पूर्व अध्यष तथा पूर्व प्रधानन्यायधिस खिलराज रेग्मी, उद्योग संघका अध्यक्ष सुर्य बहादुर मगर, महासविच जित बहादुर रावत लगायतका व्यक्तित्वको उपस्थिीतिमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार