काठमाडौँको छाउनीमा स्कुटर दुर्घटना, २२ वर्षीय युवकको मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन २१, २०७५

  • काठमाडौं , फागुन २० ।  काठमाडौँ –काठमाडौं महानगरपालिका–१५ छाउनीस्थित सडकमा बा ८७ प ३५३ नं को स्कुटर आज अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

    आज बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार काठमाडौँका २२ वर्षीय सुजन श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार काभ्रेका २१ वर्षीय दीपेन्द्र मग्रातीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
    रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार