फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

रोहित पौडेलले जिते एनसिसीएस-सिप्यान इमर्जिङ प्लेयर अफ दि इयर


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन २१, २०७५

  • काठमाडौं , फागुन २० ।  काठमाडौँ –युवा क्रिकेटर रोहित पौडेलले एनसिसीएस–सिप्यान इमर्जिङ प्लेयर अफ दि इयर अवार्ड जितेका छन्।

    रोहितले उदयमान खेलाडीको प्रतिस्पर्धामा चार खेलाडीलाई पछाडी पारेका हुन्। उनले अवार्ड सहित ६६ हजार नगद पुरस्कार पाए।

    रोहितले हालै अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सचिन तेन्दुल्कर र साहिद आफ्रिदीजस्ता चर्चित खेलाडीलाई पछिपार्दै अर्धसतक बनाउने कान्छा खेलाडी बनेका थिए।

    रोहितले १६ वर्ष २ सय १३ दिनमा युएइविरुद्धको एकदिवसियमा ५८ अबलमा ५५ रन बनाएका हुन्।

    अवार्ड वितरण कार्यक्रम काठमाडौंमा जारी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट