फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

ॐ अध्याय रिट्रिटको ‘गर्मी महामेला’, आउन जान निःशुल्क बस, सित्तैमा स्विमिङ सुविधा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ २८, २०८१

  • काठमाडौं ।
    टिस्टुङको ॐ अध्याय रिट्रिटले गर्मी छल्नका लागि ‘गर्मी महामेला’ विशेष प्याकेजको ल्याएको छ । टिस्टुङस्थित यस रिसोर्टले बढ्दो गर्मीसँगै ग्राहकका लागि छुटको प्याकेज ल्याएको छ । ‘गर्मी महामेला’ नाम दिइएको यो प्याकेज असार १ गतेदेखि ७ गतेसम्म चल्नेछ ।

    चन्द्रागिरी र दामनको काखमा अवस्थित मकवानपुरको थाहा नगरपालिका ६ स्थित यस रिसोर्टले बढ्दो गर्मीलाई लक्षित गर्दै ‘गर्मी महामेला’ आयोजना गर्न लागेको जनाएको छ ।

    ‘काठमाडौँदेखि टिस्टुङ आवतजावत गर्न निःशुल्क बसको व्यवस्था गरिएको छ भने रिट्रिटमा निःशुल्क स्विमिङको प्रबन्ध मिलाएको छ ।’ ॐ अध्याय रिट्रिटका सीईओ सिंहले भने, ‘यस योजना अन्तर्गत काठमाडौँबाट बिहान ८ बजे आरामदायी बस छुट्ने छ । बस छुटेको करिव डेढ घण्टामा टिस्टुङ पुगेपछि स्विमिङको आनन्द लिन सकिने छ ।’

    टिस्टुङको ॐ अध्याय रिट्रिटका अनुसार दिनभर घुमफिर गरेर साँझ ५ बजे पुनः सोही बसमार्फत काठमाडौँ फर्किने व्यवस्था मिलाइएको छ । यस्तै रिट्रिटमै रात बिताएर फर्किने ग्राहकलाई अर्को दिन निःशुल्क बस उपलब्ध गराइने बताईएको छ ।

    टिस्टुङ घुम्ने रहर भएर पनि सवारीसाधन वा आर्थिक समस्याले जान नपाएकाहरुलाई लक्षित गर्दै यो प्याकेज ल्याईएको कम्पनीको दाबी छ । यसरी जाने आन्तरिक पर्यटकका लागि रिसोर्ट अन्य प्याकेजहरूमा पनि ३० प्रतिशत छुट दिइने कम्पनीले बताएको छ ।

    नेपाल सरकारबाट थ्रि स्टार मान्यता प्राप्त यस रिसोर्टमा स्विमिङ पुलसहित सुविधा सम्पन्न ४६ कोठाहरू छन् । यहाँ आउटडोर तथा इन्डोर गेम्स, हर्स राइडिङ, सुन्दर बगैंचा, हाइकिङ, स्वीमिङ, चिल्ड्रेन पार्क, स्पा लगायतका सुविधा उपलब्ध छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट