करण केसीलाई उत्कृष्ट मोमेन्ट अफ द इयरको अवार्ड


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन २१, २०७५

  • काठमाडौं , फागुन २० ।  काठमाडौँ – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रदान गर्ने ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ को वर्षको विशेष विधा उत्कृष्ट क्षणको अवार्ड करण केसीले हात पारेका छन् । सिप्यानले आज राजधानीमा कार्यक्रम आयोजना गर्दै अवार्ड वितरण गरेको हो ।
    उत्कृष्ट क्षण विजेता अवार्ड अनलाइन भोटिङ मार्फत् गरिएको थियो । अवार्डको विशेष विधा उत्कृष्ट क्षणको मनोनयनमा परेका विभिन्न नौ विधालाई पछि पार्दै करणले अवार्ड हात पारेका हुन् ।

    करणले उत्कृष्ट क्षणको अवार्ड सहित नगद ६६ हजार रुपैयाँ पनि हात पारेका छन् । नामिबियामा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत फाइनल प्रवेशका लागि निर्णायक खेलमा क्यानडाविरुद्धको खेलमा करण नायक बनेका थिए । हार नजिक रहेको नेपाललाई जितउन्मुख बनाएका करणले बिस्फोटक ब्याटिङ गरेका थिए ।
    १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले ४२.१ ओभरमा १ सय ४४ रन बनाउँदा ९ विकेट गुमाएको थियो । सन्दीपसँग नेपालको इनिङ्स सम्हालेका करण नेपालको जितमा नायक साबित भए ।

    ३१ बलमा ३ चौका र ४ छक्कासहित ४२ रन बनाएका करणले त्यहि खेलले नेपाल विश्वकप छनोटमा सहभागि हुने मौका पाएको थियो ।
    अवार्डमा महत्वपूर्ण मानिएको विधा मानिएको यस विधामा नेपाली टोेलीको सफलतामा नेपाललाई एकदिवसीय मान्यतासहित अन्तरष्ट्रिय एकदिवसीय र ट्वान्टी–२० सिरिज कब्जा गर्न महत्वपूर्ण रहन गएका क्षणहरु यस विधामा परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार