पिएसजीको मैदानमा मिस नेपाल शृंखला खतिवडा (फोटोफिचर)


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन २३, २०७५

  • काठमाडौं , फागुन २३ ।  काठमाडौँ –मिस नेपाल शृंखला खतिवडा च्याम्पियन्स लिग फुटबलको खेल हेर्न पेरिस पुगेकी छिन्। च्याम्पियन्स लिगको बुधबार राति भएको पिएसजी (पेरिस सेन्ट जर्मेन) र म्यानचेष्टर युनाइटेबीचको खेल हेर्न उनी पेरिसस्थित पिएसजीको रंगशाला पुगेकी थिइन्।

    मिस नेपाल शृंखलाले उक्त खेल हेरिसकेपछि सामाजिक सञ्जाल फेसबुकमा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा लगायतसँग खिचेको तस्बिरसमेत सार्वजनिक गरेकी छन्।

    पोग्बासँग शृंखलाले फ्रान्सलाई यसवर्ष विश्वकपको उपाधि दिलाएका प्रशिक्षक डेडिएर डेस्च्याम्पस र म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक लिजेन्ड सर एलेक्स फर्गुसनसँग खिचिएको तस्बिर सार्वजनिक गरेकी छिन्।

    उक्त खेल इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पिएसजीलाई हराउँदै युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको थियो।

    खेल युनाइटेड ३–१ ले विजयी भयो। यसअघि पहिलो लेगमा पिएसजीले २–० को जित निकालेको थियो। जसका कारण समग्रमा खेल ३–३ मा सकियो। यद्यपि पिएसजीको मैदानमा ३ गोल गरेको फाइदा उठाउँदै युनाइटेड अवे गोलको आधारमा अन्तिम ८ मा पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार